कोरोनाबाट बुटवलमा २ जनाको मृत्यु



रुपन्देही असोज २१ । कोरोना विशेष अस्पताल बुटलमा २ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको बुधबार बिहान १२: ५० बजे मृत्यु भएको हो । उनमा उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा. गौतमले बताए । ती मृतकमा पनि सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या रहेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्