हाम्रो समाजमा नपुजिएका नवदुर्गाहरु



नेपालीहरुको महान् चाड बडा दसैं अहिले चलिरहेको छ । आश्विन शुक्ल प्रतिपदाका दिन प्रत्येकको घरघरमा घटस्थापना गरी दसैंको शुरुवात गरिन्छ । यो क्रम ९ दिनसम्म चल्छ यी ९ दिनमा नवदुर्गाका विभिन्न ९ स्वरुपको पुजाआजाका साथै विभिन्न नामले चर्चा परिचर्चा पनि गरिन्छ । सामाजिक सद्भाव र उमंगको यो पर्वसाग विभिन्न सांस्कृतिक, धार्मिक पक्ष जोडिएको छ । दसैं खासगरी असत्यमाथि सत्यको जीत हुन्छ भन्ने प्रतीकात्मक सन्देशसँगै मनाइन्छ । नवदुर्गाले समग्र नारी शक्तिको समेत प्रतिनिधित्व गर्ने धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । अर्थात एक स्त्रीको पूरा जीवनको एक जीवनचक्रको बिम्ब र प्रतिबिम्ब हो नारीको नवदुर्गाको नौ स्वरूप बडा दसैंमा नवदुर्गाका यी ९ रुप पनि वर्तमान नारीले धारण गरेकै रुप हुन् । जसबाट नारीहरु आफै अनभिज्ञ छन् ।

१) शैलपुत्री बालिका
जब एक कन्याले जन्मग्रहण गरेको हुन्छ कन्याको त्यस स्वरूपको अवस्थालाई ‘शैलपुत्री’ भनिन्छ । शैलपुत्री भनेको एउटा छोरीको रुप हो । शास्त्रमा पुजिने नवदुर्गाको पहिलो रुप नवजात शिशु बालिकाको रुप हो । जबकी हाम्रो समाजमा कुनैपनि महिला गर्भवति हुन्छिन् भने उनको घरपरिवार सवैको चाहना छोरा होस् भन्ने हुन्छ । नचाहेरै जन्मिने छोरीलाई पुज्न त का जन्मिने बित्तिकै छोरी भन्दै नाक खुम्च्याउछन । त्यति मात्रै होइन एउटी छोरी जन्मीने बित्तिकै अर्कोपटक गर्भमै जााचेर तुहाउने गरिन्छ । समाज जसिुकै विकसित भएपनि अझै तीन प्रतिशत महिला गर्भमा छोरी भए गर्भपतन गर्ने गरेको एक तथ्यााकले देखाएको छ ।

२) ‘ब्रह्मचारिणी’ किशोरी
जन्मपछि सबै शीलस्वभावमा शैलपुत्री हुने बिस्तारै कौमार्य अवस्थासम्म प्रबेश गरेको हुन्छ त्यो स्वरूपको अवस्थालाई ‘ब्रह्मचारिणी’ भनिन्छ । यो नवदुर्गाको दोस्रो रुप नारीको किशोरावस्थाको समय हो । यो रुप पनि शास्त्रमा मात्रै पुजिएको छ । हाम्रो समाजमा ‘ब्रह्मचारिणी’हरु उच्च जोखिममा छन् । गर्भैदेखी असुरक्षित हुने छोरी किशोरावस्थामा पुग्दा आझ असुरक्षित हुन्छिन् । जस्तै निर्मला पन्त, सम्झना बिक जस्ता सयौं किशोरीहरु बलात्कार तथा हत्याको शिकार भएका छन् । नेपालमा अहिले १८ वर्षमुनिका ७० प्रतिशत किशोरी बलात्कारको शिकार हुने गरेका छन् । नजीकको छिमेकी, आफन्त वा इष्टमित्रबाट उनीहरु बलात्कार शिकार हुने गरेको तथ्याङ्क छ ।

३) ‘चन्द्र घण्टा’युवती
ब्रह्मचारिणी नियमदेखी विवाह पूर्वसम्म एक कन्या चन्ऽमा जस्तै निर्मल हुने भएको हुनाले त्यो स्वरूपको अवस्थामा नारीलाई ‘चन्द्रघण्टा’ भनिन्छ । यो नवदुर्गाको तेस्रो रुप हो । यो अवस्था भनेको नारीको यौवनको अवस्था हो । जुन अवस्थामा उनी रुप र गुणले भरिपुर्ण हुन्छिन । उनी कसैकी धर्मपत्नी बन्न योग्य हुन्छीन् । यो उमेरका महिलाहरुलाई हाम्रो समाजमा फुलको संज्ञा दिइन्छ । जसले पनि चुाडेर लैजान सक्ने । थोरै युवतिहरु मात्रै आफ्नो रोजाइमा बिहे गरेर सुखी जिवन बिताइरहेका छन् । पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जाल फेसबुकका कारण पुरुषहरुको झुटो मायाजालमा परी धोका खाएका छन् । कति युवती कसैको प्रेम प्रस्ताव स्विकार नगर्दा एसिड आक्रमणको सिकार भएका छन् । जस्तै मुसकान खातुन, पवित्रा कार्की लगायतका युवतिहरु अर्थात चन्द्रघण्टाहरु याहाा पुजिनुको सााटो अनेक थरी हिासा सहन वाध्य छन् ।

४) ‘कूष्माण्डा’गर्भवती
चन्द्रघण्टाको नियमदेखी विवाह सम्पन्न भए पश्चातको ब्रह्मविधान अनुसार नयाा सृष्टि को लागि गर्भधारण गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कूष्माण्डा’ भनिन्छ । यो नवदुर्गाको चौथो रुप हो । यो अवस्था भनेको नारीको गर्भावस्था हो । जुन अवस्थामा उनी आमा बन्न योग्य हुन्छीन् ।

५) ‘स्कन्दमाता’ आमा
कुष्माण्डा नियमदेखी गर्भधारण गर्ने र गर्भधारण पछि सन्तानलाई जन्मदिन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘ स्कन्दमाता’ भनिन्छ । यो नवदुर्गाको पांचौ रुप हो । यो अवस्था भनेको नारीको आमा बन्ने अवस्था हो । जुन अवस्थामा उनी ठुलो दुख पीडा सहेर अर्को प्राणीलाई जन्म दिन्छीन् ।

६) ‘कात्यायनी’ बुहारी
आफ्नो सन्तानलाई जन्म दिएर सन्तानको रेखदेख र सम्पूर्ण परिवारलाई रेखदेख गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कात्यायनी’ भनिन्छ । यो नवदुर्गाको छैठौं रुप हो । यो अवस्था भनेको नारीको आमा भईसकेपछिको अवस्था हो । जुन अवस्थामा उनी आमा संगै एउटा धर्मपत्नी, बुहारी, भाउजु, जेठानी, देउरानी, छोरी लगायत सम्पूर्ण जिम्मेवारीले घेरिएकी हुन्छिन् र पनि सजिलै जिम्मेवारी पुरा गर्न सक्ने क्षमता उनीमा हुन्छ । चौतर्फी समस्याले घेरिएकी हुन्छिन् बुहारी । यति हुादाहुादै पनि पुजिनुको सााटो नेपालमा गरिएको कार्यमूलक अध्ययनले १२ देखि ५० प्रतिशत महिलाहरू बिभिन्न हिंसाको शिकार भएका छन ्भन्ने देखाएको छ ।

७) ‘कालरात्रि’
सन्तानको रेखदेख र संरक्षण गर्नसक्ने क्षमतादेखी लिएर कुनै समस्या परेमा, आफ्नो पतिलाई पनि आफ्नो दृढ संकल्पद्वारा नै अकालमृत्यु हुनबाट बचाउन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कालरात्रि’ भनिन्छ । यो नवदुर्गाको सातौं रुप हो । यो अवस्था भनेको नारीको सन्तान हुर्काउंदै भविष्यको बारेमा सोच्ने समय हो । जुन अवस्थामा उनी आफ्नो पतिको रक्षा गर्छिन् । भविष्यको बारेमा पतिलाई सल्लाह दिन्छिन्, उसको हरेक सुख दुखमा साथ दिन्छन्, यदि पति कुनै अप्ठेरो अवस्थामा छ भने उसको कठिन परिस्थीतीमा काली बनेर लड्न तयार हुन्छिन् । तर वर्तमान अवस्थाका कालीहरु सवै पुजिन लायक छैनन् र पुजिन लायक कालिहरु विभिन्न हिाशा सहेर बसीरहेका छन् ।

८) ‘महांगौरी’ नारीको पूर्णरुप
आफ्नो पतिको संरक्षणको लागि मृत्यु संगपनि लड्ने क्षमतादेखी लिएर यस संसारको आफु र आफ्नो पतिको (नाता आफन्त नै उसको लागि संसार हो) उपकार गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘महांगौरी’ भनिन्छ । यो नवदुर्गाको आठौं रुप हो । यो अवस्था भनेको नारीले आफ्नो सबै समय घरपविारका लागी खर्च गर्ने समय हो । जुन रुपमा उनी आफैलाई नै भुलेर सासु, ससुरा, जेठानी देउरानी, नन्द आमाजु , भाञ्जा ,भाञ्जी लगायत आफ्नो पतिको नाता गोतालाई आफ्नो संसार ठानेर रमाउछिन । त्यो क्षमता उनीसंग हुन्छ ।

९) ‘सिद्धिदात्री’ हजुरआमा
पतिको सम्पूर्ण कार्य सम्हाल्ने क्षमता देखी लिएर यस संसारको अन्तिम सत्य प्राप्त गरेर मृत्युलोक छोडेर स्वर्ग प्रयाण गर्नु भन्दा पहिले संसारमा आफ्नो सन्तानको सिद्धि (सुख(शान्ति) प्राप्त होस भनेर आशीर्वाद दिने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘सिद्धिदात्री’ भनिन्छ । यो नवदुर्गाको नवौं अर्थात अन्तिम रुप हो । यो अवस्था भनेको नारीको अन्तिम अवस्था हो । जुन रुपमा उनी आफ्नो अवस्थामा पनि आफ्नो परिवारकै बारेमा सोच्छिन् । आफ्ना सन्तानहरु छोरा बुहारी, छोरी ज्वाई र नाती नातीनाहरुको शुख शान्तीका लागी तिर्थ ब्रत गर्छिन र आशिस दिन्छिन् । तर हाम्रो समाजका शिद्धीदात्रीहरु वृद्धाश्रममा आश्रित छन् । घरमै भएका पनि परीवार संगसंगै बसेर रमाउन र आफ्ना सन्ततीलाई आशिश दिन पाउादैनन् । आधुनिक जिवनशैलीको लहडमा छोरा बुहारी नाति नातिनाबाट टाढा छन् । राष्ट्रिय मानवअधिकार आयोगले केही वर्ष अगाडी ४९ वटा जिल्लाका ८६ वटा वृद्धाश्रममा गरेको अनुगमन अनुसार जसमा एक हजार पााच सय ७७ ज्येष्ठ नागरिकमध्ये नौ सय ६५ जना महिला रहेका छन् । आश्रित सबै महिला एकल हुन्। पतिको मृत्युपछि परिवारबाट सम्मान र स्याहार नपाउनु, गरिबी तथा समाजले समेत हेलाा गर्दा वृद्धाश्रमै नै बुढ्यौलीको रोजाइ बनेको हो।

‘परिवार नहुनु, र भए पनि उपेक्षा हुनु, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण पनि वृद्धाहरू आश्रम जान थालेका पाइएको छ ।
हामीले हरेक दशौमा यी नवदुर्गाका नाममा शास्त्रमा उल्लेख नारीका नौ वटा रुपलाई पुज्दै आएका छौं । तर पुजीनुपर्ने शैलपुत्रीको नाममा छोरीहरु, ब्रहमचारीणीको नाममा किशोरीहरु , चन्ऽघण्टाको नाममा धर्मपत्नीहरु, कुष्माण्डाको नाममा गर्भवतीहरु, कात्यायीनीको नाममा आमाहरु ,स्कन्द मताको नाममा बुहारीहरु, कालरात्रीको नाममा महिलाहरु,महांगौरीको भाउजु जेठानी देउरानीहरु र सिद्धिदात्रीको नाममा सासुहरु भने कहिल्यै पुजिएनन् ।

तर यहाँ त शैलपुत्रीहरुलाई गभैमै तुहाइन्छ , राम्रो शिक्षा दिक्षा दिईदैन , ब्रह्मचारीणीहरु आफन्त भनिने दानवरुपी पुरुषहरुबाट बलात्कृत हुन्छिन् ,हजारौं चन्द्रघण्टाहरु आफ्नै पतिबाट पिडित छिन् । कयौं कुष्माण्डाहरु बाध्यताले गर्भ बोकीरहेका छन् । कयौं कात्यायनीहरु समाजमा बाँच्न नसकेर सन्तानसहित मर्न बाध्य छन् । कयौं स्कन्दमाताहरु आफ्नै नातागोतहरुसँग मिलेर बस्न सक्ने अवस्था छैन । कयौं कालीहरु आफ्नो पतिको सुरक्षा गर्न सक्दैनन् । र सयौं सिद्धदात्रीहरु विभिन्न आश्रममा रुँदै दिन बिताइरहेका छन् ।

त्यसैले वर्तमान अवस्थाका नवदुर्गाहरु पनि जाग्नुपर्छ । महिलाहरुमाथी हुने हरेक हिाशाका पिडकहरु मानवरुपी दानवको संहार गरौं, रक्षकहरु जो कालीहरुको लालन पालनको लागी विदेशिएका छन् उनीहरुलाई पिडा होइन हौशला दिऔं र सम्मान गरौं तब मात्रै नवदुर्गा पुज्नु र दसैं मान्नुको अर्थ हुनेछ । सम्पूर्ण नेपालीहरुलाई बडा दसैंको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्