वैदेशिक रोजगार विभागबाट आठ हजार घुससहित दुईजना पक्राउ



काठमाडौं कात्तिक १९ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहचलबाट आठ हजार घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ।

आयोगको टोलीले बुधबार विभागका सवारी चालक धनबहादुर तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरीलाई नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै उनीहरुले रकम उठाएका थिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्