नरवणे-गोयल भ्रमण र नेपाल-भारत सम्बन्ध



काठमाडौं, कार्तिक २३ । भारतले गत वर्ष नोभेम्बरमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको नक्सा प्रकाशित ग¥यो । त्यसलगत्तै यसवर्षको मे महिनामा नेपालीभूमि लिपुलेक क्षेत्रमा चीनको मानसरोवर जाने मोटरबाटो निर्माण गरी उदघाटन गरेपछि दुई देशका बिच सम्बन्धमा चिसोपन आयो ।

नेपालले उत्पन्न समस्या राजनीतिक एवं कूटनीतिकस्तरमा वार्ता गर्न अनुरोध गरे तापनि भारत सरकारले इन्कार गरेर नेपाल भारत सम्बन्ध चिसिएको बेला भारतका दुईवटा सुरक्षा अंगका प्रमुखको नेपाल भ्रमण भएको छ । सुरक्षा प्रमुखको नेपाल भ्रमण पछि थुप्रै विषय प्रकट भएका छन् ।

नेपाल भारतबिच छिमेकी देश हुनुको नाताले राजनीतिक, आर्थिक, सामाजिक सम्बन्ध लामो समय देखिन कायम हुँदै आएको छ । तर सन् १९५० को असमान सन्धिपछि नेपालको सार्वभौमिकता र स्वाधीनतामा भारतीय शासकले एकपछि अर्को गर्दै आंच पुग्ने काम गर्दै आएका छन । भारतीय शासकको स्वार्थ पूरा नहुँदा विगतमा चार पटकसम्म नाकाबन्दी गर्ने काम गरे ।

नेपालको संविधान घोषणा गर्दा भारतले श्रृजना गरेको दबाव, एक मधेस एक प्रदेशको माग राखेर मधेसवादी दलले गरेको आन्दोलनमा भारतीय शासकको सहयोग र समर्थन, गैह्र नेपाली नागरिकले खुकुलो तवरले नागरिकता पाउने गरी संविधान र कानुन बनाउन भारतीय शासकले दिएको दबाव, नेपाली उत्पादनका बस्तुलाई भारतीय बजारमा सहजरूपमा बजारीकरण हुन नदिने गतिविधि, दक्षिण सीमा क्षेत्रमा सुस्तालगायत कैयौं ठाउँमा गरेको सीमा अतिक्रमण र नेपाली भूमि कालापानी क्षेत्रमा लामो समय देखिन भारतीय फौज राखेर जुन अतिक्रमणकारी, विस्तारवादी, हस्तक्षेपकारी नीति भारतीय शासकले गर्दै आएका छन् । पछिल्लो पटक नेपाल भारत सम्बन्धलाई व्यबस्थित गर्न तयार भएको ईपीजी प्रतिवेदन समेत बुझी कार्यान्वयन गर्न भारत बाट भइरहेको वेवास्ताले दुवै देश बिच सम्बन्ध झन चिसिदै आएको छ ।राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्