एक दिने भ्रमणका लागि नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री



काठमाडौं मंसिर १४ । एकदिने भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार नेपाल आइपुगेका छन् ।

केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता सकेपछि आजै काठमाडौंबाट फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलबाट सीधै बालुटारमा रहेको चिनियाँ दूतावासमा जाने र औपचारिक भेटवार्ताका लागि निस्किने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्