३३ औं विश्व एड्स दिवसः नेपालमा २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण



आज ३३ औं विश्व एड्स दिवस ‘‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’’ नाराका साथ नेपालमा पनि मनाइँदैछ ।

विश्वमा समयसमयमा बिभिन्न तरिकाले सर्ने भाइरसहरुको प्रकोप आएको पाइन्छ । चाहे त्यो एचआईभी होस्, रेबिज र कोभिड १९ जस्ता नै किन नहोस ? सन् २०२० को विश्व एड्स दिवसमा यस मानवजगतले अर्को भीमकाय भाइरस, कोभिड १९ संग पनि जुझ्नु परिरहेको छ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

एचआईभी एड्स भनेको के हो ?

एचआईभी एड्स भनेको एक किसिमको सरुवा रोग हो । एउटा यस्तो लक्षण हो, जुन एचआईभीले गर्दा शरीरमा उत्पन्न हुन्छ । यो एक यौन संक्रमित रोग हो । हाम्रो शरीरमा एचआईभी पसेपछि सर्वप्रथम कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि विस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरी शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदैं लैजान्छ । यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ । यिनै विभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ । यो रोगले शरीरको सबै प्रणालीमा असर गर्दछ, सबै अंगमा असर गर्दछ । यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभै निर्मुलीकरण नगरिएका सिरिन्जको प्रयोगबाट, ¥यालबाट, शरीरका अंगहरू प्रत्यारोपण गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ ।

एचआईभी एड्सका लक्षणहरु

ज्वरो आउनु

पखाला लाग्नु
वजन घट्नु
कुपोषणका लक्षणहरू देखिनु
छालामा विभिन्न समस्या आउनु
मुख तथा घाँटीमा काई (सेतो) आउनु
दाँत वा गिजाका समस्याहरू
खोकी वा श्वास फेर्न गाह्रो हुनु चाँडै थकाइ लाग्नु
वा कमजोरी हुनु आदि ।

एड्स रोकथामका लागि के कस्ता उपाय अपनाउन पर्छ ?

आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन । हामीसँग भएका औषधीहरुले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन् । चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी सुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ, रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ भनेर थाहा पाउन सकिन्छ ।

नेपालमा एड्स रोगीको अवस्था

नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ ।

विश्व एड्स दिवसको अवसर राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले एचआईभी संक्रमितको तथ्याङ्क सार्वजनिक गरेकी हुन् । संक्रमितमध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ । यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको पनि डा. देवकोटाले बताउनुभयो । नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ । एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम भएको पनि निर्देशक डा. देवकोटाले बताए ।
तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् । सन २०१० को तुलनामा सन २०१९ सम्म नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताउनुभयो । एड्सकै कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ । एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको छ ।

एआईभी एड्सबाट कसरी जोगिने ?

सुरक्षित यौन व्यवहार अपनाउने यौन सम्पर्क गर्दा सधैँ सही तरिकाले कण्डमको प्रयोग गर्ने

सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
एचआईभी संक्रमित महिला गर्भवती नहुने यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने

आफ्नो यौन साथीलाई पनि उपचार गराउने अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए नभएको कुरामा विशेष ध्यान पु¥याउने ।

यो रोग नियन्त्रण एकल रुपमा सम्भव नहुने भएकाले दीर्घकालीन उपायहरु अपनाउनु पर्दछ । नेपालमा धेरैजसो युवाहरु वेदैशिक रोजगारीको बाहिरी मुलुक जाने भएकाले सरकारबाटै युवाहरुको स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्