कांग्रेस केन्द्रीय सदस्य सिटौलालाई कोरोना संक्रमण



काठमाडौं मंसिर २७ । कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण देखिएको छ ।

आफू संक्रमित भएको सिटौलाले सामाजिक सन्जालमार्फत जानकारी दिएका हुन् । उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् ।

‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए । शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।

प्रतिक्रिया दिनुहोस्