वैदेशिक रोजगारीको लागि जापान जानेहरुलाई आवश्यक कागजात पेश गर्न आग्रह



काठमाडौं मंसिर २९ ।

वैदेशिक रोजगारीको लागि जापान जाने निवेदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ ।

यस्तै योग्याताको प्रमाणपत्र सीओई र कम्पनी सञ्चालनको अनुमतिपत्र लाइसेन्स टु रन कम्पनी जाप्निज भाषामा भएमा आधिकारिक निकायबाट अनुवाद गरिएको हुनुपर्ने विभागले जनाएको छ । नेपाली व्यक्तिको कम्पनी भएमा कम्पनी सञ्चालकको रेजिडेन्सी कार्ड तथा सञ्चालक जाप्निज भएमा परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।

उल्लेखित कागजात कम्पनीको वेबसाइटमा उल्लेख भएको मेल तथा वेबसाइट नभएको कम्पनीले आफ्नो कम्पनीको डोमेन तथा कर्पोरेट मेलबाट वैदेशिक रोजगार विभागको मेल मयाभ)पबतज२मयाभ।नयख।लउ मा पठाएको हुनुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्