ओलीले राजतन्त्र फर्काउन खोजेको बाबुराम भट्टराईको आरोप
प्युठान,माघ १९ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलिले राजतन्त्र फर्काउन खोजेको आरोप लगाएका छ्न।
सोमबार जसपा प्युठानले जुम्रीमा आयोजना गरेको संसद बिघटनको असंबैधानिक कदम र राजनितिक संकटको समाधान बिषयक बृहत अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कदम प्रतिगमन मात्र नभई लोकतन्त्र र संविधान माथिकै प्रहार भएको बताए ।
‘ओली प्रतिनिधिसभा बिगठन गरि जनताको ठूलो बलिदानीबाट प्राप्त भएको लोकतान्त्रिक ब्यबस्था निल्ने दिशामा छ्न’ उनले भने ‘जसलाई बेलैमा चिन्न आबश्यक छ,’ उनले भने । ओली प्रवृत्तिलाई बेलैमा चिन्न नसकिए अझ भयानक दुर्घटना हुने अबस्था रहेको ठोकुवा गरे।
ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति,समुदायप्रति चरम घृणा गर्दै अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पारेर देशमा चरम संकटको स्थिति सिर्जना गरेको समेत भट्टराईको आरोप छ।
भट्टराईले प्रतिनिधिसभा पुन:स्थापनाविना कुनै हालतमा निर्वाचन नहुने र जनतको ध्यान अन्यत्र मोडन मात्रै चुनावी तयारीको नाटक गरिएको आरोप लगाए।
नेता भट्टराईले अब प्रतिनिधिसभा विघटनलाई जनताको बलमा सच्याउनु बाहेक अर्को विकल्प नरहेको बताए । कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले अन्य दलहरू बीच साझा आन्दोलन गर्नुपर्ने उनको भनाई छ।
कार्यक्रममा जसपाका केन्द्रिय नेता नबराज सुवेदी ,कर्णध्वज के सि,जिएस गुरुङ लगायतले मन्तब्य राखेका थिए। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका थिए ।

