नुवाकोटको तादी खोला पक्की पुलको पूर्व सांसद तामाङ र प्रदेशउपसभामुखद्वयले गरे अनुगमन

नुवाकोट,फागुन ३ । गत कात्तिक महिनामा शिलान्यास भएको तादी खोला पक्की पुलको नेकपाका नेता तथा पूर्व सांसद हितबहादुर तामाङ र वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त रुपमा अनुगमन गरेका छन्। प्रदेश सरकारबाट विनियोजित रकमबाट निर्माण भैरहेको बालकुमारी र सुन्दरा जोड्ने भ्यान्ङ्ले स्थित तादी खोला पक्की मोटर पूल नेता द्वयले सोमबार स्थलगत अनुगमन गरेका हुन।
अनुगमनका क्रममा प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख योजनाको रुपमा लिइने तादी खोला पक्कि पुल निर्माण कार्यले तिव्रता पाएको उपसभामुख सचिवालयले जनाएको छ । उपसभामुख तामाङले योजना समयमै सम्मन्न गर्ने निर्माण व्यवसायीको प्रतिबद्धता अनुरुप काम भैरहेकाले समयमै सम्म्पन्न हुनेमा आशावादी रहेको बताइन् ।
वाग्मती प्रदेशको यातायात पुर्वाधार निर्देशनालयको बजेटमा निर्माणधिन पुल यसअघि संघीय सांसद हितबहादुर तामाङको प्रमूख आतिथ्यता र प्रदेश सरकारको भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाल तथा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङको विशेष आतिथ्यतामा शिलान्यास भएको थियोे । कोभिड १९ का बीचमा समेत पुल निर्माणका गतिविधिलाई अगाडि बढाइएकाले पुल निर्माण कार्य समयमै सम्पन्न हुने पूर्व सांसद तामाङले बताए ।
कुल ८ करोड ९ लाख १२ हजार ५ सय को लागत मा उक्त निर्माण कार्य भैरहेको छ। पक्की पुल निर्माणसंगै दुप्चेश्वर गाउँपालिका ५ र ६ वडा क्षेत्र, तादी गाउँपालिका ४ लगायतका यस भेगका स्थानीयलाई राहत हुने बताइएको छ ।



