थप २३ सय ५१ संक्रमित थपिए, काठमाडौंका मात्रै १०५१ जना
काठमाडौं, बैशाख ८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी कुल १ हजार ५१ जना पुष्टि भएका हो । गौतमको अनुसार आज पिसीआर विधिबाट २ हजार २२० र एन्टिजेट विधिबाट १३१ गरेर जम्मा २ हजार ३ सय ५१ जना संक्रमित भएका हुन् ।
२४ घन्टा समयावधिमा २ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

