धरहरा पुनर्निर्माणको खुशीयालीमा दीपावली गरौं-प्रधानमन्त्री



काठमाडौ,वैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माण भएकोमा आफू हर्षविभोर भएको प्रतिक्रिया दिएका छन् ।उनले यही खुशीयालीमा दीपावली गर्न आग्रह समेत गरेका छन् ।

पुनर्निर्मित धरहराको उद्घाटन समारोहमा बोल्दै उनले धरहरा पुनर्निमार्ण भएको अवसरमा काठमाडौंवासीले दीपावली गर्ने आशा समेत व्यक्त गरेका छन् ।

‘आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छु’, उनले थपे, ‘धरहरा पुनर्निर्माण हुने रहेछ, रानीपोखरी बन्ने रहेछ, बन्यो । मेलम्चीको पानी आउने रहेछ आयो । वृहत टुँडिखेलको योजना बन्दै छ, त्यो पनि सफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्