राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव



काठमार्डाैं,वैशाख २६ । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ≈वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो ।

हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ । सरकारले अबको दिनमा अक्सिजन उपलब्ध नगराए स्थिति भयावह हुने खतरा रहेको निजी अस्पतालहरूको संस्था निजी अस्पताल संघका उपाध्यक्ष कुमार थापा बताउँछन् ।

उनका अनुसार कोभिडका गम्भीर खाले बिरामी आउँदा अक्सिजन पु¥याउनै कठिन भएको हो । कोभिडका जटिल खाले एक जना बिरामीलाई दिनमा कम्तीमा ५ सिलिन्डर अक्सिजन दिनु परिरहेको उनी बताउँछन् ।

अहिले काठमाडौं उपत्यकाका ह्याम्स, अल्का, निदान, भक्तपुरलगायत अस्पातलमा अक्सिजनको अभाव शुरू भएको हो । यी अस्पतालमा अक्सिजनको अभाव हुँदा कोभिडका जटिल खाले अक्सिजन दिनुपर्ने बिरामीहरूलाई अन्तै रिफर गर्न थालिसकेको सम्बद्ध अस्पतालका चिकित्सकहरूको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशभर ३१ ओटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । साना ठूला अस्पतालमा गरी ६ हजार ३ सय अक्सिजन सिलिन्डर अहिले प्रयोग भइरहेको छ । तर, अक्सिजनको माग निकै बढेपछि जटिल आपूर्तिमा समस्यामा आएको हो ।

नेपाल चिकित्सक संघले अक्सिजन सिलिन्डरको अभाव तत्काल हटाउन माग गरेको छ । अक्सिजन सिलिन्डरको अभाव नहुने अवस्था सुनिश्चित गर्न शनिवार एक विज्ञप्तिीजारी गर्दै संघले माग गरेको हो ।

संघका महासचिव बद्री रिजालले अक्सिजनको अभावमा कोभिडका बिरामीहरू भर्ना गर्नै कठिन हुन लागेको बताउँदै अक्सिजन सिलिन्डर र बेडको सुनिश्चितता गर्न सरकारसँग माग गरे ।

व्यवस्थापन थालिसकेका छौं : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले अक्सिजनको व्यवस्थापन भइरहेको बताएका छन् । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अस्पतालमा अक्सिजनको अभाव हुन नदिन चीनबाट अनुदानमा ल्याउन लागिएको सिलिन्डर विमान चार्टर गरेर तत्कालै झिकाउन लागिएको बताएका छन् । उनका अनुसार अक्सिजनको अभाव हुन नदिन सरकार सचेत छ । सरकारले चीनबाट ल्याउने भनेको २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा ४०० ओटा खाली सिलिन्डर ल्याउनेछ । सिलिन्डर ल्याउन यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जान लागेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार २० हजार सिलिन्डरमध्ये २ हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइनेछ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले ती सिलिन्डर अनुदानमा दिएको हो ।

सेनाको सहायतामा बन्द प्लान्ट सञ्चालन
अस्पतालहरूमा अक्सिजनको हाहाकार हुन थालेपछि बन्द अक्सिजन उद्योगलाई सेनाको सहायतामा सञ्चालनमा ल्याउन थालिएको छ । यसैक्रममा अपरेटरको अभावमा बन्द भएको काभ्रेको पनौतीस्थित नवज्योति अक्सिजन प्लान्ट नेपाली सेनाले शुक्रवारबाट सञ्चालनमा ल्याएको छ ।

सरकारले बन्द रहेका अक्सिजन प्लान्ट सञ्चालन गर्न सेनालाई निर्देशन दिएसँगै नवज्योतिका दुईओटा प्लान्टबाट दैनिक १ हजारदेखि १२ सय सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने गरी सञ्चालनमा ल्याएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए । उनका अनुसार प्लान्ट सञ्चालनका लागि सेनाले चार जना प्राविधिकसहितको जनशक्ति त्यहाँ खटाएको छ । संक्रमण दर बढ्दो दरमा रहेसँगै त्यसविरुद्ध लड्न आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा सेनाले आवश्यक तयारी थालिसकेको प्रवक्ता पौडेलको भनाइ छ ।

अक्सिजनको अभावमा निजीक्षेत्रको चासो
अस्पतालहरूमा अक्सिजनको अभाव भएसँगै निजीक्षेत्रले समेत चासो देखाएको छ । निजीक्षेत्रका तीन प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले कोभिड–१९ को उपचारमा चाहिने अक्सिजनका लागि मौज्दात रहेको खाली सिलिन्डर प्लान्टमा फिर्ता गर्न अपील गरेका छन् ।

कोभिड–१९ को दोस्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको अवस्थामा अस्पतालहरू भरिँदै गएका छन् भने संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएको उनीहरूले बताएका छन् ।

‘सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरूलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन अपील गर्दछौं,’ हालै जारी विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिमा आम उपभोक्तालाई आप्mनो जस्तै अरूको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चित नगरिदिन हुन आग्रह गर्दछौं ।’ अन्य व्यवसायीहरूसँग सिलिन्डर भए स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरी सम्बद्ध निकायमा उपलब्ध गराइदिन पनि अनुरोध गरिएको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्