थप ५३ सय १६ जनामा कोरोना संक्रमण



काठमाडौं, जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ ।

पिसीआर विधिबाट ४५ सय २४ र  एन्टिजेन परिक्षणबाट ७९२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस्