को होला पञ्चकन्याको नवसन्जीवनी माध्यामिक बिद्यालय चोरी गर्ने ?

नुवाकोट,असार १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा रहेको नवसन्जीबनी माध्यामिक विद्यालयमा चोरी गर्नेको फोटो तथा भिडियो सार्वजनिक गरिएको छ ।
फोटो तथा भिडियोमा देखिएको ब्यक्तिले विद्यालयमा प्रवेश गरी गत बिहीबार रातको झण्डै २ बजेको समयमा ताेडफाेड गरेका थिए। सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ताेडफाेडमा संलग्न व्यक्तिकाे पहिचान गर्न अनुरोध गर्दै सबै सामु सिसी क्यामरामा कैद फुटेज तथा फोटो सार्वजनिक गरेको उल्लेख छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण मिश्रका अनुसार सिसी क्यामरामा कैद भएको फाेटाे र भिडियाे ११ गते नै प्रहरीलाई दिएपनि हालसम्म उक्त ताेडफाेडमा संलग्न व्यक्तिकाे पहिचान गर्न नसकेकाे भन्दै घट्नामा संलग्न व्यक्तिकाे पहिचान गर्न सहज हाेस भनेर घट्नामा संलग्न ब्यक्तिको फोटो तथा भिडियो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
सीसीफुटेज हेर्नुस्

