वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त



काठमाडौं,मंसिर १८ । वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त भएकी छिन्।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले वाग्मती प्रदेशमा मंगलबार गरेको मन्त्री परिषद् विस्तारको क्रममा तमूस्योलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।

तात्कालिन नेकपाबाट समानुपातिक प्रदेश सांसद रहेकी उनी पार्टी फुटसँगै नेकपा एकिकृत समाजवादीमा रहेकी थिइन्। सोही बमोजिम नेकपा एकिकृत समाजवादीको कोटाबाट इन्द्रमाया तमूस्यो राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्