नुवाकोट शिवपुरीमा भीरबाट हाम फालेर पुरुषले गरे आत्महत्या

नुवाकोट,मंसिर २९ । जिल्लाको शिवपुरी गाउँपालिकामा एक पुरुषले भीरबाट हाम फालेर आत्महत्या गरेका छन्।
गाउँपालिकाको वडा नम्बर ३ स्थित गौजिनी मान्के स्थायी बसोबास गर्ने वर्ष ३३ का केदार थापाले भीरबाट हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घरायसी झैझगडा गरि घरबाट निस्किएका थापाको गौजिनी मान्के भीरबाट हाम फालेर करिब २ सय मिटर तल पुगेको बताइएको छ। यद्यपि प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।