जनयुद्ध ताका प्रचण्डले राजासँग ५ बुँदे सम्झौता गरेको ओलीको आरोप



काठमाडौं,मंसिर २९ । जनयुद्ध ताका प्रचण्डले राजासँग ५ बुँदे सम्झौता गरेको आरोप एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। एमाले अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि विवादास्पद आरोप लगाएका हुन् । उनले ज्ञानेन्द्र शाह र प्रचण्डबीच पाँच बुदे सहमति भएपछि राजाले कु गरेको आरोप लगाए ।

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले १८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको दाबी गरे । तर, सहमतिपत्रमा के के उल्लेख भएको थियो भन्ने खुलिनसकेको भन्दै उनले भने, ‘त्यो पाँच बुँदेमा के थियो ? कि ज्ञानेन्द्रले भन्नुपर्‍यो, कि प्रचण्डले ।’

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरे ।’ पाँच बुँदे सहमतिपछि ज्ञानेन्द्रले देशभर नागरिक अभिनन्दनको कार्यक्रम गर्दै देश दौडाहामा निस्किएको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्