दाङ लमहीको प्रत्येक वडामा योजना सञ्चालन सम्बन्धि अभिमुखीकरण

दाङ,मंसिर २९ । लमही नगरपालिका वडा नम्बर ७ मा बिकाश निर्माणलाई ध्यानमा राखी योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको छ । विकास निर्माणलाई सहज तरिकाले छिटो छरितो सम्पन्न गर्न गराउन लमही नगरपालिका योजना शाखाले अभिमुखीकरणको आयोजना गरेको हो ।प्रशिक्षण तथा अभिमुखीकरणले योजना सँचालन गर्नमा थप सहयोग हुने बिश्वास गरिएको छ । नगरपालिकाले योजना सम्झौता तथा भुक्तानीका लागि आबस्यक कागजातको बिबरण सहितको योजना पुस्तिका समेत सार्बजनिक गरेको छ । पहिले सम्झौता र भुक्तानीका लागि भिन्दाभिन्दै फाईल पेश गर्नु पर्थ्यो भने अब सम्पुर्ण काम योजना पुस्तिका बाट नै हुनेछ ।
अब टोल बिकाश सँस्था तथा उपभोक्ताले योजना सञ्चालन तथा भुक्तानीमा खेप्दै आईरहेको समस्या हट्ने बिश्वास गरिएको छ । यो भन्दा पहिले योजना सञ्चालन सम्बन्धी निकै नै झन्झटिलो तथा खर्चिलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
लमही नगरपालिका योजना शाखाले आफ्नो नगरको ७ वटा वडामा अभिमुखीकरण गरिसकेको छ । बाँकि २ वडामा पनि तत्कालै अभिमुखिकरण गरिने योजना शाखा प्रमुख तेजा गैरेले जानकारी दिईन ।
लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगर प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्य एबम नगर उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रममा लमही नगरपालिका योजना शाखा प्रमुख तेजा गैरेले प्रशिक्षण दिएकी थिईन भने कार्यक्रमको सहजिकरण योजना शाखाकि कोपिला चौधरीले गरेकि थिईन । कार्यक्रममा ७ नम्बर वडामा रहेका टोलबिकाश सँस्थाका पदाधिकारी हरुको उपस्थिती थियो ।