काङ्ग्रेस उपसभापति ३ हजार मत गणना: गुरुङ र भण्डारी अगाडी



काठमाडौं,मंसिर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सम्पन्न मतदानको उपसभापतिको मतगणना भइरहेको छ। 

पछिल्लो ३००० को मतपरिणाम सार्वजनिक भएको छ। ३००० मत गन्दा धनराज गुरुङले १४६० मत ल्याएका छन् भने डा. चन्द्र भण्डारीले ११७५ मत ल्याएका छन् त्यस्तै पूर्णबहादुर खड्काले ८९० मत ल्याएका छन्।

यता विजयकुमार गच्छदारले ८२२ मत ल्याएका छन् ।२ जना निर्वाचित रहने उप सभापतिमा ७ जनाको उम्मेदवारी परेको थियो।

प्रतिक्रिया दिनुहोस्