मकवानपुरका स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन अपिल



काठमाडौं,मंसिर २९ । बिगत १५ बर्षदेखि पेट फुल्ने समस्याबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नम्वर– २ निवासी माइतेसिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन उनका परिवारले आग्रह गरेका छन् । ६३ बर्षका स्याङ्तान आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनुपरेको छ ।

स्याङ्तानलाई पेट फुल्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौंडा अस्पतालमा उनको स्वास्थ्यजाँच गरिएको थियो । हेटौंडा अस्पतालले भरतपुरस्थित क्यान्सर हस्पिटल रिफर गरेको थियो । क्यान्सर हस्पिटलले सुरुवाती चरणमा घरमै बसेर केही औषधी सेवन गर्न र केही दिनमा पुन: परिक्षणका लागि आउन भनेको थियो । तर, आर्थिक अवस्था कमजो भएकै कारण विरामीलाई पुनः हस्पिटल लैजान नसकिएको स्याङ्तानको परिवारले जानकारी दिएका छन् ।

उनलाई के रोग लागेको हो र उपचार खर्च कति लाग्छ भन्ने एकिन भइसकेको छैन । तर, रोग पत्ता लगाउन अस्पतालसम्म पनि जाने अवस्था नरहेको भन्दै परिवारका सदस्यले दुखेसो गरेका छन् । स्याङतानका २ जना छोरीको विवाह भइसकेको र छोरा नोकरीको क्रममा घर बाहिर भएकोले थला परेका स्याङ्तानले निकै कष्ट भोग्नु परेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्