काठमाडौं महानगरपालिकाका निर्देशक बोगटीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,पुस १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानि/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक बोगटीसहित खरीद इकाइ प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं ३३१८५ एनसीबीडब्ल्यू केएमसीका लागि सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको उजुरीको आधारमा अख्तियारले उनीहरूमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा टेकुस्थित भवन निर्माणका लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा उनीहरूकै संलग्नमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरी भ्रष्टाचार गरेको देखिन आएकाले मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ । आर्थिक अभियानबाट