भरतपुर महानगरपालिका सहित तीन पर्यटकीयस्थलको त्रिकोणात्मक पर्यटन प्रवर्द्धन
चितवन ,पुस ३ । नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रवद्र्धनमा लागेका छन् ।
चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन पवबद्र्धनमा लागेका हुन् ।
भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर, पोखरा, लुम्बनी स्वर्ण त्रिकोण प्रवद्र्धन कार्यक्रम अगाडि बढाईएको हो । महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा लुम्बिनी र पोखराका पालिकासँग सम्झौतासमेत गरेको थियो । महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरेर महानगरको टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवद्र्धन कार्यक्रमसमेत शुभारम्भ गरेको छ ।

