सिन्धुलीमा बुलेरो दुर्घटना एकको मृत्यु

सिन्धुली,पुस ८ । सिन्धुलीमा आज बुलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज (बिहिबार) बिहान १ बजेको समयमा प्रदेश २–०२–००१ च ४००८ नम्बरको कुखुरा बोक्ने गाडी दुर्घटना भएको सिन्धुली प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।
विपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका ६ रिठे भिर नजिक सडकबाट २०० फिट तल बुलेरो झरेको नायव उपरिक्षक लामाले बताए ।
बर्दिबासबाट काठमाडौँतर्फ जादैँ गरेको बुलेरो द्र्घटना हुँदा सर्लाहीको लालबन्दी १५ परवानीपुर बस्ने २० वर्षिया कुन्थाङ मोक्तानको घट्नास्थलमै मृत्यु भएको हो । त्यस्तै, सोहि ठाउँका ३० वर्षिया बुलेरो चालक आइत सिं बम्जन र २१ वर्षिया मनिष परियार गम्भिर घाईते भएका छन् । उनीहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको नायव उपरिक्षक लामाले जानकारी दिए ।