नुवाकोटका बहादुरसिंह लामा काङ्ग्रेसको केन्द्रिय सदस्यमा विजयी
नुवाकोट,पुस ८ । नुवाकोटका बहादुरसिंह लामा काङ्ग्रेसको केन्द्रिय सदस्यमा विजयी भएका छन् ।
बिहिबार सम्पन्न आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको खुल्लातर्फको मतगणनामा २ हजार ४ मत ल्याएर लामा केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
आदिवासी जनजातितर्फ खुला तर्फबाट विजयी भएका लामा सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

