श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो
सिरहा,पुस ९ । सिरहाको धनगढीमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढिमाई नगरपालिका १४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिक रहेको धनगढी प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमती बिच बिहिबार साँझ सामान्य बादबिबाद श्रीमती ३५ वर्षीया हर्कमाया बिकले दाउराको चिरपटले टाउको हान्दा गम्भीर घाइते भएका टेक बहादुरको उपचारको क्रममा आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोलीले हर्कमायालाई पक्राउ गरेको हो । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

