बर्दिया ठाकुरबाबामा मोटरसाइकल दुर्घटना हुँदा प्युठानका भण्डारीको मृत्यु
बर्दिया,पुस ९ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भूरिगाउँ स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ६ : ३० बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको लु ७१ प ८३३० मोटरसाइकल दुर्घटना हुँदा प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ७ फोप्लीका ३२ वर्षका मन्दबहादुर भण्डारी को मृत्यु भएको ठाकुरबाबा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय जानकारी दिएको छ ।
प्रहरी कार्यालयका अनुसार भण्डारीलाई नेपालगञ्ज मेडिकल कलेजमा ल्याउने क्रममा मृत्यु भएको हो ।

