प्यूठान नगरपालिकामा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण



प्युठान,पुस ९ । प्यूठान नगरपालिका वडा नम्बर ४ बिजुवारका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेर सम्मान गरेको छ।अति बिपन्न गरिब परिवारका वडाभित्रका आठ जना जेष्ठ नागरिकलाई  फाईबर सिरक, न्यानो सल , एकवटा टर्च लाइट र पानी तताउने इलेक्ट्रिक जग वितरण गरेको हो । सम्मानित हुने जेष्ठ नागरिकमध्य इन्द्र घर्तिमगर , खडक बहादुर सुनुवार , जुठीदेबि नेपाली , नेमा कुवर , लक्षे सार्की , किमति घर्तिमगर र नन्दराम सुबेदी रहेका छन ।

चालु आर्थिक वर्ष २०७८/७९ को लक्षित बर्गतर्फको बजेटबाट ४० हजार बरारको लागतमा उक्त सामगी्र बितरण गरिएको वडा अध्यक्ष लष्मि प्रकाश राज भण्डारीले जानकारी दिए ।
वडा कार्यालय सम्म जेष्ठ नागरिकहरु आफैं आउन नसक्ने भएकोहुँदा उहाँको संरक्षक मार्फत उक्त सामाग्री घरमा पठाईएको प्यूठान नगरपालिकाले जनाएको छ ।

प्यूठान नगरपालीका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मि प्रकाश राज भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा प्यूठान नगरपालिका वडा नम्बर ४ का सदस्यहरु लगायत कर्मचारीको सहभागी रहेको थियो

प्रतिक्रिया दिनुहोस्