नुवाकोटका तीन कृषकलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’
नुवाकोट,पुस ९ । नुवाकोटका तीन जना कृषकलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कर’ प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार प्राप्त गर्ने कृषकहरुमा म्यागङ गाउँपालिका वडा नम्बर ३ मा रहेको वाईबा कृषि फर्मका सञ्चालक प्रकाश तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको अधिकारी रेम्बो ट्राउट माछा पालन फर्मका सञ्चालक हरिप्रसाद अधिकारी र ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको चतुराले कृषि फर्म प्रालिका सञ्चालक बलराम पाठक रहेका छन् ।
सम्मानित तीनैजना कृषकलाई प्रमाणपत्र सहित १५ हजार रुपैयाँ प्रदान गरिएको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ लगायतको सहभागिता रहेको थियोे ।

