लुम्बिनी विकास बैंकको साधारण सभाले पारित गर्‍यो १३.६८ % लाभांश



काठमाडौं,पुस १० । लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

सभाले शून्य दशमलव ६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र १३ प्रतिशत बोनस शेयरसहित कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८/ ७९ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पनि अनुमोदन गरेको छ। 

कम्पनीको सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभामा कोभिड–१९ को परिस्थितिलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराइएको थियो।

सभामा अध्यक्ष रिसालले सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सभामा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्