उपसभामुख तामाङद्वारा शिवपुरी घट्टेखोला पुल शिलान्यास



नुवाकोट,पुस १० । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङद्वारा नुवाकोट शिवपुरीमा पुल उद्घाटन गरिएको छ।

शुक्रबार शिवपुरी गाउँपालिका वडा नम्बर २ स्थित लाबालुङ घट्टेखोला पुल उद्घाटन भएको वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ सचिवालयले जनाएको छ।

सो समारोहमा बोल्दै उपसभामुख तामाङले जनताको माझ विकास निर्माणका गतिविधि खुशीका रुपमा साट्न पाउदा आफुलाई हर्षानुभूती भएको बताइन् । साथै बिकास निर्माणमा सबैले चासो र चिन्ताका साथ प्रस्तुत भए गुणस्तरीयताका काम सम्पन्न हुने अपेक्षा आफुले राखेको बताइन् ।

सो पुल कुल करोड ९८ लाख २१ हजार २४ रुपैयाँ (भ्याटसहित) रहेको छ । पुल निर्माण एक वर्ष भित्र सम्पन्न हुनुपर्ने सम्झौता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्