हेटौंडा क्याम्पाडाँडामा पिकअप पल्टियो
हेटौंडा,पुस १० । शनिबार बिहान हेटौंडा-७ क्याम्पाडाँडा नजिक पिकअप भ्यान पल्टिएको छ।भ्यान पल्टिदा चालक सामान्य घाइते भएका छन।
हेटौंडा-७ किरणचोकबाट क्याम्पाडाँडा तर्फ आउँदै गरेको बा १८ च ६१५२ नम्बर पिकअप भ्यान दुर्घटनाग्रस्त हुँदा चालक सिमरा घर भएका अन्दाजी २८ बर्षीय समन गौतम सामान्य घाइते भएका छन। मापसे गरेका चालकले चलाएको उक्त भ्यान तिब्र गतिमै रहदा पल्टिँएको थियो।
चालकलाई वडा प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको टोली रहेेेेको छ।

