सिन्धुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु



सिन्धुली,पुस ११ । सिन्धुलीमा मोटसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार दुधौली नगरपालिका १ कुर्थौली स्थित मदन भण्डारी राजमार्गमा बंकाबाट कुर्थौली तर्फ जादै गरेको मोटसाइकल आफै अनियन्त्रीत भइ कटारीबाट भिमान तर्फ आँउदै गरेको स्कारपियोसँग ठक्कर खादाँ दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।

धनुषा सीरेस्वरनाथ नगरपालिका ३ का १९ वर्षिय रवि कुमार यादवले चलाएको प्रदेश ३–०२–००५ प २२४८ नम्बर यामाहाको मोटसाइकल आफै अनियन्त्रीत भइ बा. १३ च. १११९ नम्बरको अपर सोलु हाईड्रोपावरको स्कारपियोसँग ठक्कर खान पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक प्रबक्ता मनोज कुमार लामाले बताउनुभयो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका यादवको चन्दनपुर पोलिक्लिनिकमा सामान्य उपचार पश्चात जिल्ला अस्पताल सिन्धुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको नायब उपरिक्षक लामाले बताए । उनका अनुसार स्कारपियो र स्कारर्पीयो चालक लाई नियन्त्रणमा लिई कानुन बमोजिम अनुसन्धान भईरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्