नुवाकोट पञ्चकन्यामा भेटिएको मृग स्थानीयले प्रहरीको रोहवरमा निकुञ्जलाई बुझाए



नुवाकोट, पुस ११ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ जैसी गाउँमा भेटिएको मृग स्थानीयले प्रहरीको रोहवरमा निकुञ्ज तथा जिल्ला बन कार्यालयलाई बुझाएका छन् ।

आइतबार दिउँसो २ बजे भद्रुटारको जैसी गाउँमा स्थानीयले सो भाले जातको मृग फेला पारेका थिए। निकुञ्ज क्षेत्रबाट चरणको क्रममा सो मृग गाउँ पसेको हुनसक्ने जिल्ला वन कार्यालयका अधिकारीहरुले बताएका छन् ।

झण्डै एक वर्षको अस्वस्थ मृग शिवपुरी सव डिभिजन कार्यालयका कर्मचारी, पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा, पञ्चकन्या गाउँ प्रहरी इकाई लगायतको रोहवरमा जिल्ला बन कार्यालयलाई बुझाइएको वडा नम्बर ५ कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्