‘मलाई खोजेर कहिल्यै नरुनु’ भन्दै पञ्चकन्याका नारायण भण्डारी बेपत्ता
नुवाकोट,पुस १२ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ भण्डारी टोलका नारायण भण्डारी बेपत्ता भएका छन् ।
भण्डारी यहि पुस १० गते रातिदेखि बेपत्ता भएका हुन। उनले राति घरदेखी निस्कनु पूर्व आफुलाई कोहि कसैले खोजी नगर्न र नरुन पनि अनुरोधसहितको पत्र समेत लेखेका छन् ।
गाेराे, खुट्टा हल्का बाङ्गो टेक्ने हुलिया भएका उनलाई देखे भेटेको खण्डमा नजिकैको प्रहरीलाई खबर गरिदिन परिवारजनले आग्रह गरेका छ्न।

