देउवाको भ्रमण अघि प्रधानमन्त्री पत्नी आरजु राणा दिल्लीमा पुग्नु अर्थपूर्ण

काठमाडौं,पुस १२ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु राणा आइतबार नयाँ दिल्ली पुग्नु अर्थपूर्ण रुपले हेरिएको छ।
पार्टी र सरकारको काममा बढी सक्रियता देखाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई नै विवादमा तानेको आरोप लागेको बेला प्रधानमन्त्री देउवाको भ्रमण अगाडी देउवाकी पत्नी आरजु राणा देउवा सुटुक्क भारत पुग्नु अर्थपूर्ण तरिकाले हेरिएको हो । प्रधानमन्त्री देउवाले भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु आइतबार बिहान ११:४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट सुटुक्क दिल्ली उत्रिएका हुन ।
प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको क्रममा दिल्ली पुगेको चर्चा भएपनि बालुवाटार स्रोतले भने उनी भाइको स्वास्थ्य उपचारका लागि गएको दाबी गरेको छ ।