दुप्चेश्वर मन्दिरमा दर्शनार्थी लैजादै गर्दा गाडी चालकको बाटैमा मृत्यु

नुवाकोट,पुस १२ । जिल्लाको दुप्चेश्वर गाउँपालिका अवस्थित दुप्चेश्वर मन्दिरमा एक गाडी चालकको मृत्यु भएको छ।
सोमबार दर्शनार्थी बोकेर दुप्चेश्वर मन्दिर हिडेको बा१ज ९८४३ नम्बरको चालकको गाडी चलाउँदा चलाउँदै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ इनारपाटीका वासु कुमाल रहेका छन् । दर्शनार्थी बोकेर दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्राटार नजिकै पुगेका गाडी चालक कुमाल एक्कासी बेहोस भएका थिए । केही समय खोकेका र रगत बान्ता गरेका उनको स्थानीय स्वास्थ्य चौकी नपुग्दै मृत्यु भैसकेको बताइएको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।