लोहोरोले हानेर श्रीमतीको हत्या



पाँचथर,पुस १२ । जिल्लाको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेका छन् ।

पुस ९ गते दिउँसाे घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेकाे लाेहाेराेले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

जीवनकुमारीकाे टाउकोमा लोहोरोले लागेकाे थियाे । उनकाे झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्