नुवाकोट पञ्चकन्याका बेपत्ता भण्डारी काठमाडौंमा भेटिए
नुवाकोट, पुस १३।नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासका ४६ वर्षीय नारायण भण्डारी काठमाडौंमा भेटिएका छन् । भण्डारी गत शनिबारदेखि बेपत्ता थिए।
छोरी शर्मिला भण्डारीका अनुसार उनलाई उनका आफन्तले गाउँ तर्फ ल्याउन लागेका छन् । शर्मिलाले मंगलबार बिहान आफुलाई फोन गरि बुबाले परिवार संग चाडै भेट्न चाहेको बताएको उल्लेख गरिन।
भण्डारी गत शनिबार रातिदेखि एक चिट्ठी
लेखी आफुलाई नभेट्न र सम्झेर नरुन भन्दै बेपत्ता भएका थिए। यी हर्कतबारे बुझ्न बाकी नै रहेको उनका भतिजो मछिन्द्र भण्डारीले बताए ।

