लगातार परेको हिमपातले त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं,पुस १४ । लगातारको हिमपातले त्रिभुवन राजपथ अवरुद्ध भएको छ। मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात भैरहेकाले हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले दिएको जानकारी अनुसार बिहानैबाट सुरु भएको बाक्लो हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको हो ।
प्रवक्ता सापकोटाले भने-‘हिमपातले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जानकारी आएको छ । नगरपालिकासंग समन्यय गरेर सडक खुलाउने तयारी रहेको छ । निरन्तर हिमपात हुँदा समस्या भएको छ । हेटौंडाबाट जाने सवारीहरुलाई दुर्घटना नहोस् भनेर सडक अवरुद्ध रहेको जानकारी दिईरहेका छौ ।’