काठमाडाैं उपत्यकाको चारै भन्ज्याङमा हिमपात, भाेलिसम्मै झरी पर्ने



काठमाडाैं,पुस १४ । बुधबार विहानैदेखि  काठमाडाैं उपत्यका आसपासकाे सबै भन्ज्याङमा हिमपात भएकाे छ । जल तथा माैषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी पर्नेछ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजधानी उपत्यकाकाे नगरकाेट, फुल्चाेकी, चन्द्रागिरी, लगायतका भन्ज्याङहरूमा हिमपात भएकाे छ ।  काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित वर्षा भैरहेको छ ।

दाेलखाकाे कालिन्चाेक, नुवाकोटको ककनीमा  समेत भारी हिमपात भएकाे छ । त्मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात भएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्