वाग्मती प्रदेशको योजना आयोगमा तीन जना नियुक्त



काठमाडौं,पुस १४ । वाग्मती प्रदेशको योजना आयोगमा तीन जना नियुक्त भएका छन् । वाग्मती प्रदेशको प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित ३ जनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन।

बुधबार बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित दुई सदस्यले शपथग्रहण गरेका हुन्। आयोगको उपाध्यक्षमा चितवनका डाक्टर कृष्णराज पन्त नियुक्त भएका छन् भने सदस्यहरूमा मकवानपुरको प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन्।

उनीहरूलाई वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शपथग्रहण गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्