भोलि सार्वजनिक बिदा
काठमाडौं,पुस १४ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।
बुधबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।
सिंहदरबारस्थित मन्त्रिपरिषद बैठकले बिदा बारे निर्णय गरेको छ ।


