नेकपा एस निकट अनेमसंघ इटहरी अध्यक्षमा नयनतारा चयन
इटहरी,पुस १४ । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघको अध्यक्षमा नयन तारा सिटौला चयन भएकी छिन।
बुधवार इटहरीमा आयोजित महिला भेलाले नयन तारा सिटौलाको अध्यक्षतामा १ सय १ सदस्य उपमहानगर कमिटी गठन गरेको हो ।
उपमहानगर कमिटी उपाध्यक्षमा सुनु आचार्य, सचिवमा शशिकला आचार्य, सहसचिव रंगित गजमेर र जिवनदेवी गौतम कोषाध्यक्षमा सञ्जु फुयाल चयन भएका छन ।
नवगठित कमिटी अध्यक्ष नयनतारा सिटौलाले इटहरी क्षेत्रमा रहेका महिलाहरुलाई अनेमसंघमा आवद्ध गराउदै महिला विरुद्ध हुने विभेद र हिसाँका घटनाबाट पिडितहरुको पक्षमा आवाज उठाउने बताइन ।
सचिव शशिकला आचार्यले राजनितिक दलको निर्णायक र नेतृत्वदायी भुमिकामा महिलाको सहभागीता सुनिश्चीत गर्न महिला नेतृहरुको नेतृत्व र क्षमता विकासका लागि आवश्यक ज्ञान सिपसहित राजनितिक विचार सिद्धान्तमा महिलालाई प्रशिक्षीत गरिने बताइन।

