तमू ल्होसारको दिन भोली सरकारले दियो देशभर सार्वजनिक विदा
काठमाण्डौ, पुस १४ । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमू ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
तमू ल्होसारको अवसरमा भोली बिहिबारका दिन सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगमा समेत सार्वजनिक विदा दिइने छ ।


