‍भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे



भक्तपुर,पुस १५ । भक्तपुरमा कार दुर्घटना भएको छ। भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा गएराति कार दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भक्तपुरबाट काठमाण्डाै जाँदै गरेकाे वाग्मती ४ च.५७६ नम्बरको कारले डिभाइडरमा ठाेक्किएर अर्काे बस र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ  । 

दुर्घटनामा कारमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका-१५ घर भइ काठमाण्डाै शान्तिनगर बस्दै आएका अभिषेक साहकाे ज्यान गएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनकाे उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा ज्यान गएकाे हाे । दुर्घटनामा परेका अन्य दुईजनाको भने उपचार भैरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्