चर्चित र्‍यापर ‘लाहुरे’ पोखराबाट पक्राउ



काठमाडौं,पुस १५ । चर्चित र्‍यापर ‘लाहुरे’ पोखराबाट पक्राउ परेका छन् । लागूऔषध कारोबार सम्बन्धि मुद्धामा मुछिएपछि चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’लाई प्रहरीले पक्राउ गरेको हो।

पोखराबासी ‘लाहुरे’लाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले बताए अनुसार उनीसहित ४ जना पक्राउ परेका छन् । लागूऔषध कारोबारमा उनको नाम जोडिएपनि पुष्टि भने नभएको प्रहरीको भनाइ छ ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेकाले सबै भन्न नमिल्ने कास्की प्रहरीले बतायो । लाहुरे कलाकार भएका कारण हल्ला भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्