अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ



सुनसरी,पुस १५। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित बिएस होटलबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया–६ बिहार बस्ने ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनिहरुको साथबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।

ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त हातहतियार र उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्