पुर्ण सञ्चालनमा आयो त्रिभुवन राज मार्ग
मकवानपुर,पुस १५ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रको हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडक मार्ग त्रिभुवन राजपथ पुर्ण सन्चालनमा आएको छ ।
बुधबार (हिजो) वर्षा र हिमपातका कारण अवरुद्ध भएको हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग पुर्ण संचालनमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटा बताए ।
उनका अनुसार अघोर, सीमभञ्ज्याङ र दामन क्षेत्रको उक्त सडक मार्गमा २ फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन तथा नगरपालिकासंग समन्वय गरेर हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्यएको हो।

