कपिलवस्तुमा सिके राउतको किसान आन्दोलन
कपिलवस्तु,पुस १५ । सिके राउत नेतृत्वको जनमत पार्टी कपिलवस्तुले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ ।
पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।
जनमतले आज कपिलवस्तुमा चक्काजामको घोषणा गरेको छ ।

